वेष्ट इन्डिजले न्युजिल्याण्डलाई दियो १५० रनको विजयी लक्ष्य

वेष्ट इन्डिजले न्युजिल्याण्डलाई दियो १५० रनको विजयी लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । टी–२० विश्वकपअन्तर्गत आज बिहान भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्याण्डलाई १५० रनको विजयी लक्ष्य दिएको छ । पुरै २० ओभर खेल्ने क्रममा वेष्ट इन्डिजका शेर्फेन रदरफोर्डले ६८ रन बनाए । यसैगरी निकोलस पुरनले १७, अकेल होसेनले १५, आन्द्रे रसलले १४ र रोमेरो सेफर्डले १३ रन बनाए । वेष्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसैगरी न्युजिल्याण्डका ट्रेन्ट बोल्टले १६ रन दिँदै ३ विकेट लिए । टिम साउदी र लकी फर्ग्युसनले सम्मान २–२ विकेट लिए । अहिले न्युजिल्याण्डले ब्याटिङ गरिरहेको छ ।

Skip This
Skip This
Logo