काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी ६ रन जोड्दै आउट भए।
ताजा अवस्थामा नेपाल १७.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रनमा रहेको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल २ बलमा शून्य रन जोड्दै दोश्रो विकेटका रुपमा पभेलियन फर्के।
तेश्रो विकेटका रूपमा नेपालले अनिल शाहलाई २७ रनमा गुमाएको छ।































प्रतिक्रिया