विश्वकपअन्तर्गत अन्तिम खेल भोलि नेपालले बंगलादेशसँग खेल्दै

विश्वकपअन्तर्गत अन्तिम खेल भोलि नेपालले बंगलादेशसँग खेल्दै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपालले जारी आसीसी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि हुँदैछ। नेपाल सुपर ८ को दौडबाट भने बाहिरिएको छ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्ध भएको थियो। त्यस्तै, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो।

तर, बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ।

यस समूहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ। त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ।

यस समूहबाट श्रीलंकापनि सुपर आठको दौडबाट बाहिरिएको छ।

Skip This
Skip This
Logo