पोर्चुगलको युरोकपमा विजयी शुरुवात

पोर्चुगलको युरोकपमा विजयी शुरुवात

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ। गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो।

पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए। यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो। त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ।

Skip This
Skip This
Logo