बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा, सन्दीप पहिलोपटक विकेटविहिन

बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा, सन्दीप पहिलोपटक विकेटविहिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आईतबार भएको खेलमा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले हराउँदैं विजयी भएको हो । एक सय ८८ रनको लक्ष्य पाएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७१ रन जोड्यो।

बैंगलोरका पार्थिव पटेलले ३९ र गुरकिरात सिंहले २७ रन बनाए। सन्दीपले भने विकेट लिन सकेनन्। कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट हात पारे। इशान्त शर्मा, अक्सर पटेल र सर्फाने रुथफोर्डले एक एक विकेट हात पारे।

यो सिजन सन्दीप पहिलोपटक आईपिएलको कुनै एक खेलमा विकेट लिन असफल भएका हुन्। उनले अघिल्ला पाँचवटै खेलमा कम्तिमा एक विकेट लिएका थिए। बैंगलोरविरुद्ध उनले तीन ओभरमा ३६ रन खर्चिए।

१२ खेलबाट १६ अंक भएको दिल्ली शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको पनि १२ खेलबाट १६ अंक छ। ११ खेलबाट १४ अंक भएको मुम्बई तेस्रोमा छ। दिल्ली प्ले अफमा पनि पुगेको छ।

Logo