आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन

आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ। गल्फ जायन्टले आउदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन्।

गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ।

ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भएपनि कुनै खेल भने खेल्न पाएका थिएनन्। आइएल टी-२० को आउदो सिजन ११ जनवरी २०२५ देखि शुरु हुदै छ।

यस अघि २०२३ र २०२४ गरी दुई सिजन सम्पन्न भएको यो टी-२० लिगमा २०२३ को पहिलो सिजनमा गल्फ जायन्ट च्याम्पियन बनेको थियो भने २०२४ मा एमआई इमिरेट्स च्याम्पियन बनेको थियो। यस लिगमा आइपिएल फ्रेन्चाइजीका मालिकले टिम बनाएका छन्। गल्फ जायन्ट आइपिएल टिम गुजरात जायन्टसका मालिक अदानी समूहको हो।

Logo