इङल्याण्डलाई ७ रनले पछि पार्यो दक्षिण अफ्रिकाले

इङल्याण्डलाई ७ रनले पछि पार्यो दक्षिण अफ्रिकाले

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ। जारी टी-२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो।

यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाएको थियो।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ। यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो।

त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ।

Logo