काठमाडौं । टी-२० विश्वकपअन्तर्गत सुरप ८को खेलमा अस्ट्रेलियालाई अफगानिस्तानले २१ रनले पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो।
१४९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको अस्ट्रेलिया १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका लागि ग्लेन मेक्सवलले सर्वाधिक ५९ रन बनाए।
अफगानिस्तानका लागि ओपनरद्धय रहमानउल्लाह गुरबाज र इब्राहिम जद्ररानले अर्धशतक बनाए। गुरबाजले ६० रन बनाउँदा इब्राहिमले ५१ रन बनाए।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए।































प्रतिक्रिया