४८औं संस्करणको कोपा अमेरिका अर्जेन्टिनाले जितेको छ । सोमबार विहान ढिलोगरी सुरु भएको फाइनल खेलमा कोलम्बियाविरुद्ध ११२औं मिनेटमा लौटारो मार्टिनेज़ले गरेको गोल नै अर्जेन्टिनाका लागि जितको आधार बन्यो । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए । ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।
अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।































प्रतिक्रिया