आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत जारी खेलमा नेपालले युएईलाई २४८ रनको चुनौती दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २४७ रनमा बनाएको हो ।
खेलमा आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजीत ६७ रनको पारी खेले । नेपालले राम्रो सुरुवात गर्न नसके पनि हेरी चौहान र भिम शार्कीले ९२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए। भिम ५३ रनमा आउट हुन पुगे । उनले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । चौहानले सर्वाधिक ६७, शार्कीले ५३, रित गौतमले ४४, आशिफ सेखले २७, कप्तान रोहित कुमार पौडेलले १८ तथा पवन सराफले १२ रनको योगदान दिए ।
कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र दुई रन बनाए ।
बलिङमा युएईका रिसव मुखर्जीले चार विकेट लिए ।





























प्रतिक्रिया