काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा आज कोलकता नाइट राइर्डससँग प्रतिस्पर्धा गर्दैछ । आइपीएलको २६ औं तथा आफ्नो ७ औं खेलमा दिल्ली कोलकताविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । खेल कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल बेलुका ८ः१५ बजे सुरू हुनेछ।
दिल्ली चौंथो जितको खोजीमा रहँदा कोलकता शीर्षस्थानका लागि संघर्षरत छ । युवा खेलाडीमा प्रेरित दिल्लीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीपबारे शुक्रबार पनि समथर्कमा उत्तिकै चासो छ । प्रत्येक खेलमा विकेट लिएका सन्दीपले उत्कृष्ट बलिङ भने गर्न सकेका छैनन् । नेपालीहरुको आज पनि सन्दीप प्लेइङ ११ मा पर्लान् कि नपर्लान् ? भन्नेमा चासो छ ।
सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । सन् २०१८ को आइपीएलबाट डेब्यू गरेका सन्दीपले यो सिजनमा ५ विकेट लिएका छन् । उनी आवद्ध दिल्ली ६ खेलमध्ये ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ छैठौं स्थानमा छ । कोलकत्ता समान खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।





























प्रतिक्रिया