सन्दीप परे प्लेइङ ११ मा, दिल्लीले पहिला बलिङ गर्ने

सन्दीप परे प्लेइङ ११ मा, दिल्लीले पहिला बलिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ईण्डियन प्रिमिय लिग (आईपीएल) अन्र्तगत दिल्ली क्यापिटलले टस जितेर फिल्डिङ रोजेको छ । आफ्नो छैठौं खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

एम चिन्नास्वामी स्टेडियम बैंगलोरमा अहिले सवा ४ बजेबाट सुरु हुने खेलमा नेपाली लेग स्पिनर खेलाडी सन्दीप लामिछाने प्लेइङ ११ मा परेका छन् । सनराईर्जस हैदरावादविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि बाँकी खेलमा सन्दीपले खेल्न पाउँदैंनन् कि भन्ने आशंका पैदा भएको थियो ।

त्यस्तै आजै खेल राजस्थान रोयल्स र कोलकता नाइटराइडर्सबीच पनि खेल हुनेछ। उनीहरुबीचको खेल राति सवा आठ बजेदेखि सवाई मानसिंह स्टेडियम जयपुरमा हुनेछ । अंक तालिकाको तेस्रो नम्बरमा रहेको कोलकता नाइटराइडर्सले अंक तालिकाको सातौं नम्बरमा रहेको राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

Logo