महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

केन्द्रबिन्दु
63
Shares

नेपालले काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको आफ्नो दोस्रो रोमाञ्चक खेलमा नेपालले ३-२ सेटको जित दर्ता गरेको हो । यो नेपालको भारतमाथि पहिलो जित हो ।

पहिलाे सेट २५–१८ले जितेकाे नेपालले दाेस्राे सेट १२–२५ ले गुमायाे । फेरि तेस्राे सेट २५–१७ ले जित्याे तर चाैथाे सेट १८–२५ ले गुमायाे । यसपछि अन्तिम सेटमाा धकेलिएकाे खेलमा नेपालले १५-१३ काे जित दर्ता गरेकाे हाे ।

याेसँगै नेपालले लगातार दाेस्राे जित दर्ता गर्दै ६ अंक जाेडेकाे छ । नेपालले उद्घाटन खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । यता ३ खेल खेलेकाे भारतकाे समान ६ अंक नै छ ।

Skip This
Skip This
Logo