काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोली फाइनलमा प्रवेश गरेको छ । टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो ।
ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अघि नै ५ विकेटको क्षतिमा पछ्याएको थियो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रन बनाएका थिए ।
त्यस्तै, मोहम्मद नवाजले २४, उन्मुक्त चन्दले १९ र एन्ड्रियस गोउसले १८ रन बनाए । ब्राम्पटनका लागि अखिल कुमारले ३ विकेट लिए ।































प्रतिक्रिया