पहिलो हाफमा चर्च ब्वाइज र पारोबीच बराबरी, मैदानकाे बिजाेग

पहिलो हाफमा चर्च ब्वाइज र पारोबीच बराबरी, मैदानकाे बिजाेग

केन्द्रबिन्दु
102
Shares

एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलको पहिलो हाफ भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलका पहिलो हाफ १-१को बराबरीमा रोकिएको हो ।

खेलको ३८ मिनेटमा लकेन लिम्बुले गोल गर्दै घरेलु टोली चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लकेनले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । तर, ४० मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काए ।

चर्च ब्वाइज युनाइटेड नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता क्लब हो भने पारो भुटानको ‘ए’ डिभिजन लिग च्याम्पियन हो । एएफसीबाट एक वर्षका लागि अन्तराष्ट्रिय मान्यता पाएसँगै करिब आठ महिनापछि दशरथ रङ्गशालामा यो अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो । तर पानी परेका कारण मैदानको बिजोग छ । खेलाडी हिलाम्मे भएका छन् । जसको सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ ।

Logo