इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शनिबार नेपालका क्रिकेटर सन्दीप लामिछानेले खेल्ने प्रवल सम्भावना रहेको छ।
बेलुकी सवा ८ बजे हुने खेलमा नेपाली बलर सन्दीप लामिछने आबद्ध दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल जितेर दोस्रो खेल हारेको दिल्लीले आज सन्दीपलाई टिममा राख्न सक्ने अनुमान गरिएको छ। क्रिकइन्फोले राखेको दिल्लीको सम्भावित प्लेइङ सेटमा बलिङ अलराउण्डर अक्षर पटेलको ठाउँमा सन्दीपले खेल्नसक्ने उल्लेख छ। सन्दीप यसअघिका दुवै खेलमा बेञ्चमा थिए।
आज दुई खेल हुँदैछन्। नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुने खेलमा किंग्स इलाभेन पञ्जाव र मुम्बई इण्डियन्स भिड्नेछ।
गएराति भएको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलार्य पाँच विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो । घरेलु मैदानमा राजस्थानले दिएको एक सय ९९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो।





























प्रतिक्रिया