काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगको नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो ।
युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन् । उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै अंक तालिकामा तीन अंक जोडेको छ । फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ ।
यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।
प्रतिक्रिया