रोनाल्डोले युट्युबमा पिटे तहल्का, २४ घण्टा नपुग्दै सब्सक्राइबरमा बनाए दुर्लभ कीर्तिमान [भिडियाे]

रोनाल्डोले युट्युबमा पिटे तहल्का, २४ घण्टा नपुग्दै सब्सक्राइबरमा बनाए दुर्लभ कीर्तिमान [भिडियाे]

केन्द्रबिन्दु
81
Shares

सर्वकालीन महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युट्युबमा रेकर्डमाथि रेकर्ड राख्न सफल भएका छन्। सामाजिक सञ्जाल युट्युबमा आफ्नो आधिकारिक च्यानल खोलेका रोनाल्डोले १८ घण्टामा १५ मिलियन अर्थात् १ करोड ५० लाख भन्दा बढी सब्स्क्राइबर पाइसकेका छन् ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइएका पोर्चुगीज सुपरस्टार रोनाल्डोले सामाजिक सञ्जालमा बुधबार साँझतिर युट्युबमा आफ्नो अधिकारिक च्यानल यु आर डट क्रिस्ट्यानो बनाएकोबारे सार्वजनिक जानकारी दिएका थिए।

रोनाल्डोले आफ्नो च्यानल लज गरेको एक घण्टा २९ मिनेटमै एक मिलियनभन्दा बढी सब्स्क्राइबर जोड्न सफल भएका थिए। जसका कारण रोनाल्डो विश्वमै सर्वाधिक छिटो एक मिलियन सब्स्क्राइबर पाउने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।

रोनाल्डोको च्यानलमा अहिले सब्स्क्राइबरहरूको ताँती नै लागेको छ। यसका साथै रोनाल्डोले च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढी सब्स्क्राइबर पाएका थिए । यो पनि कुनै पनि युट्युबरका लागि नयाँ रेकर्ड हो। रोनाल्डोले १० लाख सब्स्क्राइबर पुगेपछि पाउने गोल्डेन बटन समेत बुधबारै पाइसकेका छन्। उनले च्यानलको गोल्डेन बटन आफ्ना बच्चाहरुलाई समर्पित गरेका छन् ।

यसका साथै रोनाल्डोले १ करोड सब्स्क्राइबर पुगेपछि पाउने डाइमण्ड बटनका लागि पनि योग्य भइसकेका छन्। अहिले रोनाल्डोको च्यानलमा १९ वटा भिडियोहरू पोष्ट भएका छन् । सबैभन्दा लामो भिडिओ ३ मिनेट २४ सेकेन्डको रहेको छ भने सबैभन्दा छोटो २७ सेकेन्डको छ । तर, सबै भिडिओमा १ मिलियन भ्यूज कटेको छ । उनको सब्सक्राइबर तीव्र रुपमा बढ्ने क्रम जारी नै छ । इन्स्टाग्राममा ६३६ मिलियन, फेसबुकमा १७० मिलियन, एक्समा ११२ मिलियन फलोअर्ससहित सामाजिक सञ्जालका राजा कहलिएका रोनाल्डोले अब युट्युबमा पनि लिड गर्ने त होइनन् भन्ने सबैको चासोको विषय बनेको छ । अहिले युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर हुने च्यानलमा मिस्टर बिस्ट रहेको छ, उसको ३११ मिलियन सब्सक्राइबर रहेको छ । तर, रोनाल्डोको च्यानलको यही गतिमा सब्सक्राइबर बढ्ने हो भने यसलाई लिड गर्नेमा द्विमत पनि छैन ।

स्पेनिस महारथी क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब युभेन्टसमा तहल्का पिटिसकेका रोनाल्डो यतिबेला साउदी क्लब अल नासरमा छन्। उनले त्यहाँ दुई सिजन विताइसकेका छन् ।

Skip This
Skip This
Logo