साफ च्याम्पियनसिपको उपाधी भारतलाई, नेपाल उपविजेता

साफ च्याम्पियनसिपको उपाधी भारतलाई, नेपाल उपविजेता

केन्द्रबिन्दु
0
Shares

विराटनगर । पाँचौं साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । उपाधि विजेतासँगै भारत पाचौं पटक साफ महिला च्याम्पियन बनेको हो । विराटनगरस्थित शहीद रंगशालामा आज भएको फाईनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै उपाधी हात पारेको हो ।

भारतका लागि डालिमा चिम्बरले फ्रि किक मार्फत पहिलो गोल गरिन् । नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै पहिलो हाफलाई बराबरी गरेकी थिईन् । दोस्रो हाफको ६२ औं मिनेटमा ग्रेस डाङमा र ७८ औँ मिनेटमा अञ्जु तामाङले गोल गर्दै भारतलाई ३-१ ले विजयी गराएकी हुन् ।

पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा भएको भेटमा नेपाली महिला फुटबल टोली भारतसँग अपराजित छ। गत नोभेम्बरमा भएको ओलम्पिक छनोट प्रतियोगिताको पहिलो चरणअन्तर्गत समूह ‘सी’को खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यसपछि गत फेब्रुअरीमा भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो।

नेपाल चौथो पटक साफ महिला च्याम्पियसिपको फाइनलमा पुगेको थियो । यसअघिको चारवटै संस्करणमा नेपाली टोली भारतसँगै पराजित हुँदै उपाधि होडबाट बाहिरिदैं आएको थियो । नेपाली टोली यसअघि तीनपटक फाइनलमा र एकपटक सेमिफाइनलमा भारतसँग हारेको थियो।

सन् २०१० मा सुरु भएको प्रतियोगिताको अघिल्लो तीन संस्करणको फाइनलमा नेपाललाई नै पराजित गर्दै भारतले उपाधि जितेको थियो। सन् २०१६ मा नेपाललाई सेमिफाइनलमै पराजित गरेको भारतले फाइनलमा बंगलादेशलाई ३–१ ले हराउँदै चौथोपटक उपाधि उचालेको थियो।

Skip This
Skip This
Logo