नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने आइसीसी विश्वकप लिग २ को तयारी श्रीलंकामा गर्ने भएको छ ।
नेपाल क्रिकेट संघले (क्यान)का अनुसार श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको हाे । नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। नेपालले ८ सेप्टेम्बरमा अन्तिम अभ्यास खेल्नेछ।
क्यानका अनुसार एक दिन अभ्यास र अर्को दिन ओडीआई खेल्नेगरी नेपाली टोली श्रीलंका जान लागेको हो। क्यानले श्रीलंका भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने रहने छन् ।































प्रतिक्रिया