रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुआत गरेको छ । बिहीबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको ३४औँ मिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९०० औँ गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस कीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तरराष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायम भएको छ ।

खेलको ४१औँ मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पुर्‍यायो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो । यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।

Logo