नेपालले केन्यामा हुने टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने

नेपालले केन्यामा हुने टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले केन्यामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ । केन्या क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता लिएर गर्न लागेको टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउन लागेको हो ।

नेपालले केन्यामा हुने प्रतियोगिता खेल्ने भएपनि अहिलेसम्म आईसीसीबाट खेल्नका लागि स्वीकृति प्रदान गरिएको छैन् । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगिता खेल्नका लागि आईसीसीलाई पत्राचार गरेको र स्वीकृतिको पर्खाइमा रहेको बताए ।

नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि निलम्बनमा हुँदा नेपालको क्रिकेट गतिविधि आईसीसीले नै हेर्दै आएको छ ।

Logo