अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत

केन्द्रबिन्दु
177
Shares

काठमाडौँ । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।

गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

Logo