आईसीसी टी(२०) महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो अन्तिम खेलमा कुबेतसँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्यान्डको बैंककमा भईरहेको खेलमा नेपालले कुबेतसँग टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
निर्धारित २० ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ११७ रनको चुनौति दिएको हो । नेपालका लागि काजल श्रेष्ठले १८, नारी थापा १९,इन्दु बर्मा र रोमा थापाले समान ७, सरिता मगर र सिता राना मगरले कुनै अंक जोड्न सकेनन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २२ र बिन्दु रावलले नट आउट २८ बनईन । कुवेत केहि समयपछि जवाफी ब्याटिङमा उत्रनेछ ।
कुवेतलाई पराजित गर्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा छ । विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना असम्भव जस्तै भएको कारण कुवेतविरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।
त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो भने पाँचौ खेलमा चीनलाई पाँच रनले पराजित गर्न नेपाल सफल भएको थियो ।





























प्रतिक्रिया