पहिलो टेस्टमै भारतको लज्जास्पद ब्याटिङ, न्युजिल्यान्डविरुद्ध ४६ रनमै अलआउट

पहिलो टेस्टमै भारतको लज्जास्पद ब्याटिङ, न्युजिल्यान्डविरुद्ध ४६ रनमै अलआउट

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारतले लज्जास्पद प्रदर्शन गरेको छ । बैंगलोरमा टस जितेर पहिला ब्याटिङ राजेको भारत ३१.२ ओभर खेलेर ४६ रनमै अलआउट भएको हो ।

भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोड्दा विराट कोहलीसहित ५ जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विन शून्यमै आउट भए ।

यसस्वी जैसवालले १३ रन बनाउँदा कप्तान रोहित शर्मा २ रन, कुलदीप यादव २ रन, जसप्रित बुमराह १ रन, मोहम्मद सिराज ४ रनमा आउट भए ।

भारतलाई सस्तैमा समेट्न बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टीम साउथीले एक विकेट लिए ।

Skip This
Skip This
Logo