धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधिका लागि महेन्द्रनगर युनाइेटडले सिवाइसी अत्तरीयालाई १२४ रनको लक्ष्य दिएको छ।
फाप्ला मैदानमा महेन्द्रनगरले टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा एक सय २३ रनमा अलआउट भयो । ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउदा थप दुई विकेट गुमायो ।
जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषवाकरले खाता खोल्न सकेनन् । त्यसपछि दिलीप नाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो । त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीप नाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो । महेन्द्रनगरको स्कोर एक सय सात रन हुँदा अमरसिंह रौटेला मात्र एक रनमा सातौ विकेटका रुपमा आउट भए । लगत्तै उसले स्कोरबोर्डमा अरु सात रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए ।
बलिङमा दिपेन्द्र राउत र दिपेन्द्रन ऐरीले दुई दुई विकेट लिए । अहिले सिवाइसी अत्तरीयाले ब्याटिङ् गरिरहेको छ। प्रतियोगिताको च्याम्पियन टोलीले ३० लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले १२ लाख पाउनेछ।
यसैबीच फाइनल खेल हेर्न दर्शकको ओइरो लागेको छ । आज शनिबार भएकाले पनि बिद्यालय, अफिस, कार्यालय विदा भएकाले पनि फाप्ला मैदानमा डीपीएल सिजन तीनको फाइनल हेर्न दर्शकको उपस्थिती उल्लेख्य भएको हो ।
लिग चरणमा प्रतिकुल मौसम र अरु कारणले पनि दर्शकहरु मैदानमा त्यति पुगेका थिएनन् । आज भने मौसमले पनि साथ दिएको र स्थानी टिम अत्तरीया र महेन्द्रनगर फाइनलमा खेल्न लागेकाले पनि दर्शक मैदानमा धेरै आएको अनुमान गर्न सकिन्छ ।
मैदानमा करीव ५ हजारको हारारीमा दर्शक पुगेका छन । लिग चरणका खेलहरुमा सोचेको जस्तो दर्शकको उपस्थिती भएका थिएनन । आयोजकले करीव ६ देखि सात हजार क्षमताको अस्थाई प्याराफिट तयार पारिएको थियो ।































प्रतिक्रिया