काठमाडौंले डिपिएल बहिस्कार गरेपछि महेन्द्रनगर स्वत फाइनल प्रवेश

काठमाडौंले डिपिएल बहिस्कार गरेपछि महेन्द्रनगर स्वत फाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं गोल्डेन्सले धनगढी  प्रिमियर लिग (डीपीएल ) को दोस्रो क्वालिफायर खेल बहिस्कार गरेको छ  । आफ्ना महत्वपूर्ण खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएपछि बिरोध स्वरुप टोलीले प्रतियोगिता बहिस्कार गरेको हो । डिपीएलको टेक्निकल कमिटिले  दबासको बलिंग शैली नियम बिपरित भएको भन्दै बलिंग गर्न प्रतिबन्ध लगाएका थियो ।

आज काठमाडौँ र महेन्द्रनगर युनाइटेडबीच खेल हुनुपर्ने थियो । तर, मैदानमा काठमाडौँका खेलाडी नै नआएपछि महेन्द्रनगर युनाइटेडले वाल्क ओभर पाउदै फाइनल प्रवेश गरेको छ ।

अब  फाइनल खेलमा शनिबार महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ । गोल्डेन्स प्रतियोगिताको पहिलो क्वालीफायरमा सीवाईसी अत्तरियासँग पराजित भएपछि फाइनल प्रवेशको लागि एलिमिनेटरको बिजेता महेन्द्रनगर युनाईटेडसँग आज खेल्ने तालिका रहेको थियो ।

डिपिएलमा काठमाडौँको लागि दबासले ५ खेलमा ६ विकेट लिएका थिए । ५ खेलमा कुल २० ओभर बलिङ गरेका उनले ३.८५ प्रतिओभर रन खर्चेका थिए । ब्याटिङ तर्फ दबासले ५ खेलमा १ अर्धशतक सहित कुल १५३ रन बनाएका थिए ।

Logo