काठमाडौं । नेपाल समूह विजेता बन्दै सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकाविरुद्ध ६-० को फराकिलो जित निकाल्दै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालकाे जितमा रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।
समूह बीमा रहेको नेपाल ३ खेलबाट ७ अंक जोडेको छ । भुटानको पनि समान ७ अंक नै छ । तर, गोल संख्याका आधारमा नेपाल समूह विजेता बनेको हो । समूह विजेता बनेको नेपालले अब फाइनल प्रवेशका लागि ५ पटकको विजेता भारतसँग खेल्ने छ ।































प्रतिक्रिया