काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक भएको छ ।
नेपाली टिम गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिने छ । यसअघि सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेल एक खेलमा निलम्बित हुँदा उनको स्थानमा मिडफिल्डर सरु लिम्बूले मौका पाएकी छन् ।
नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै छैटौँ पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।
नेपाली टिम-
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, अमिषा कार्की, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बू, प्रीति राई, सविता राना मगर र सावित्रा भण्डारी































प्रतिक्रिया