काठमाडौं । हङकङमा भइरहेको २०औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि नेपालले प्रभावशाली ६ विकेटको जित निकालेको छ। प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकाे नेपालकाे याे ऐतिहासिक जित हो।
जितका लागि ९८ रनको लक्ष्य पाएको नेपालले त्यसलाई बिना विकेटको क्षतिमा जित हात पारेको हाे। जितका
लागि नेपालले ४.२ ओभरमा ६ विकेटको क्षतिमा ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्यो। नेपालको जितमा सन्दीप जोरा नायक रहे। उनले १७ बलमा ७१ रन बनाए। उनको ब्याटबाट पाँच चौका र आठ छक्का प्रहार भएका थिए। यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरे।
नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो। त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो। उनले १२ बलमा ४९ रन बनाए। उनले एक चौका र सात छक्का प्रहार गरे। यस्तै समित पटेलले १७ बलमा ३९ रन बनाए। उनले भने तीन तीन चौका र छक्का प्रहार गरे। अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन्।
नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट हात पारे। यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो। रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे। नेपाल प्रतियोगिताको समूह‘बी’मा रहेको छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ।































प्रतिक्रिया