क्रिकेट र फुटबल खेलाडीलाई एक करोड ५६ लाख पुरस्कार, यी हुन् मन्त्रिपरिषद् निर्णयहरु

क्रिकेट र फुटबल खेलाडीलाई एक करोड ५६ लाख पुरस्कार, यी हुन् मन्त्रिपरिषद् निर्णयहरु

केन्द्रबिन्दु
0
Shares

सरकारले  क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुको प्रोत्साहनका लागि पुरस्कार दिने निर्णय गरेको जानकारी दिए ।

क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय भएको छ। त्यस्तै सरकारले फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको छ ।

अन्य निर्णयहरु 

बजेट कार्यान्वयनमा देखिएका समाधान गर्ने निर्णय गरिएको छ।

सेफगार्स एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

नागरिकता (मायादेवी थापा क्षेत्री, सदर बदर सम्बन्धमा पुनः निर्णय गर्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिइएको छ।

अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन गर्ने निर्णय गरिएको छ।

लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

क्रिकेट, साग फुटबल एवम् WBPF World Championship मा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई पुरस्कार (जम्मा रु. १ करोड ५६ लाख) प्रदान गर्ने निर्णय गरिएको छ।

राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

पाँच जना सहायकरथीलाई उपरथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा पाँच जना उपरधीलाई सरुवा गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई नेपाल दरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको छ।

Skip This
Skip This
Logo