बिग बासमा मेलबर्न र होबार्ट खेल्दै, कस्तो होला सन्दीपको प्रदर्शन ?

बिग बासमा मेलबर्न र होबार्ट खेल्दै, कस्तो होला सन्दीपको प्रदर्शन ?

केन्द्रबिन्दु
0
Shares

बिग बास लिगमा मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीच आज खेल हुदैछ।

आज हुने प्लेअफमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि खेल्दै छ।  ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको स्टार्सले सार्वजनिक गरेको ११ सदस्यीय टोलीमा सन्दीप पनि परेका हुन् ।

सन्दिपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेकाे थियाे । एकदिवसीय र टी-२० सिरिजमा नेपाललाइ उपाधि दिलाउदा महत्वपुर्ण सदस्य रहेकाे सन्दिपले त्यसअघि बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लगेका थिए । त्यसपछि फेरी नेपालकाे सिरिज खेलेर अष्ट्रेलिया पुगेका उनले पहिलाे खेलमा केहि महंगाे बलिङ गरेका थिए ।

बीबीएलमा सन्दिपले ६ खेलमा ११ विकेट लिइसकेका छन । बिग बासमा सन्दिप कम रन दिएर धेरै विकेट लिने खेलाडीकाे सुचीमा तेस्राे स्थानमा छन ।

सन्दीप खेलिरहेको टिम मेलबर्न स्टार्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ । आज खेल जिते मेलबर्न स्टार्सले सेमिफाइलमा स्थान बनाउनेछ ।

Logo