काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल रद्द भएको छ । यसअघि वर्षाका कारण १ ओभरमा रोकिएको खेल आँधीहुरीको सम्भावनाबीच पुनः रद्द गरिएको हो ।
खेल नहुँदा नेपाललाई एक अंक प्राप्त भएको छ । अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो ।
वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियो । पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो ।































प्रतिक्रिया