फेस अफ कर्णाली याक्सका रुपमा स्वस्तिमा खड्का आवद्ध

फेस अफ कर्णाली याक्सका रुपमा स्वस्तिमा खड्का आवद्ध

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । फेस अफ कर्णाली याक्सका रुपमा नायिका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा नायिका खड्कालाई सार्वजनिक गरिएको हो ।

कार्यक्रममा उनले फेस अफ कर्णाली याक्सको रुपमा आफू जोडिन पाउँदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै आफ्नो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्,’कर्णाली आफ्नाे छुट्टै संस्कृति र पहिचानले पहिलेदेखि नै एकदमै धेरै धनी छ । तर मलाई विश्वास छ अझ झनै यो कर्णाली याक्सले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उनले खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनुपर्ने भन्दा देशलाई विश्वसामु चिनाउने चाहाना हुनुपर्ने बताइन् ।

मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली सहित ८ टोलीको सहभागिता रहने छ ।

Skip This
Skip This
Logo