डीपीएल: सिवाइसीको ९६ रन पछ्याउँदै धनगढी

डीपीएल: सिवाइसीको ९६ रन पछ्याउँदै धनगढी

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमिएर लिग (डीपीएल) क्रिकेटमा सिवाइसी अत्तरियाले धनगढी स्टारर्सलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सिवाइसीका लागि सन्नी पटेलले अबिजित ३५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । जयकिसन कोल्सावालाले २१ रन बनाउँदा प्रेम तामाङले १२ तथा कप्तान दिपेन्द्रसिह ऐरीले ११ रन बनाए । सुबेन्दु पाण्डेले ३ तथा सन्दीप जोरा २ रनमा पेभेलियन फर्किदा भिम सार्की ३ रनमा अबिजित रहे ।

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । सोमपाल कामी,अमिर हायत र बिपिन खत्रीको नाममा एक–एक विकेट रह्यो ।

धनगढीले अहिले जवाफी ब्याटिङमा गरिरहेको छ ।  धनगढी यसअघि सोमबार पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित भएको थियो ।

Logo