धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगरलाई मात्र एक सय १२ रनको लक्ष्य दिएको छ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलआउट भएको हो ।
खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । खेलमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए ।
यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दिप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । महेन्द्रनगरका सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अभिनाश बोहराले दुई दुई विकेट लिए ।
अहिले महेन्द्रनगरले ब्याटिङ् गरिरहेको छ।































प्रतिक्रिया