काठमाडौं । सावित्री कंचनजंगा अगरबत्तीसँगको सहकार्यमा महेश्वरी समाज, महेश्वरी युवामञ्च काठमाडौंले आयोजना गरेको दोस्रो संस्करणको महेश्वरी प्रिमियर लिग (एमपीएल) क्रिकेटको पुरुषतर्फकाे उपाधि चिताह चेजर्सले जितेको छ ।
चिताह चेजर्सले काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा सम्पन्न एमपीएल क्रिकेटको उपाधि उचालेको हो । चिताह चेजर्स साविक विजेता पनि हो । फाइनल खेलमा चिताह चेजर्सले अल्फा वुल्सविरुद्ध ६ रनले विजयी भएको थियो । चिताह चेजर्सले विजयी ट्रफीका साथै २१ हजारको पुरस्कार राशी जित्न सफल भयो ।
यसैगरी महिलातर्फको ट्रफी फायर फाइटर्सले जितेको छ । फायर फाइटर्सले पहिले व्याटिङ गर्दै स्काई वारियर्सलाई ९७ रनको विजयी लक्ष्य दिएको थियो । ९७ रनको विजयी लक्ष्य पक्ष्याउँदै व्याटिङमा उत्रिएको स्काई वारियर्स ६७ रन मात्र बनाउन सक्यो ।

कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगितमा पुरुषतर्फ ६ टोली र महिलातर्फ ३ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ हरेक टोलीले ५–५ वटा म्याच खेले भने महिलातर्फ पनि लिगका खेल खेलाइएको थियो ।
महेश्वरी युवामञ्च काठमाडौंका प्रथम उपाध्यक्ष मोहित महेश्वरीले आइपिएल फम्र्याट्मा सञ्चालन भएको प्रतियोगितामा महोश्वरी समुदायकै बाहुल्यता रहेको बताए । उनले महेश्वरी युवामञ्च काठमाडौंका अध्यक्ष पंकज सारदालाई दोस्रो सिजको प्रतियोगितामा पुर्याएको सहयोग र भिजनका लागि धन्यबाद व्यक्त गरेका थिए ।
चिताह चेजर्सका मालिक अनिल प्रजिसियाले प्रतियोगिताको आयोजक महेश्वरी युवामञ्च काठमाडौंलाई धन्यबाद दिए । उनले तीन दिनदेखि प्रतियोगिताको तयारीका कारण आफू घरसम्म नगएको बताए । उनले आफ्नो टोलीले ट्रफी डिफेन्डिङ गरेकोमा निकै उत्साहित भएको पनि बताए ।
महेश्वरी युवामञ्चले प्रत्येक वर्ष तिहार र छठको बेला यस क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ । एमपीएल क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल)को फर्म्याट्मा खेलाइन्छ । महेश्वरी युवामञ्चले यस्ता विभिन्न खेलकुदका कार्यक्रमहरू समय समयमा आयोजना गर्दै आइरहेको छ । सामाजिक काममा पनि अग्र उक्त युवामञ्जले थुप्रै ठाउँमा गएर सहयोगहरू पनि गर्दै आएको छ।































प्रतिक्रिया