काठमाडौँ । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।
२१४ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै अलआउट गरेसँगै जीत हात पारेको हो । खेलमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचनाकुमारी र सीमाना केसीले दुई–दुई विकेट लिए ।
दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरेका थिए । सावित्री धामी ११ र सान प्रविनले ६ रन जोडेका थिए ।





























प्रतिक्रिया