काठमाडौं । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आर्थिक सहयोग संकलन गर्न धुर्मुस सुन्तली मलेसिया जाने भएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी धुर्मुस सुन्तली मलेसिया जान लागेका हुन् ।
कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुनेछ । धुर्मुस सुन्तलीसँगै चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायतका कलाकार पनि मलेसिया जादैंछन् ।
हाल रङ्गशाला निर्माणको काम अघि बढिरहेको छ । नमुना नेपाल परियोजनाको लागि स्वदेशबाट, बिदेशबाट ३६ लाख ८६ हजार ३ सय ३१ रुपैंया ७४ पैसा संकलन भएको थियो ।
प्रारम्भिक तयारी र सर्वेका लागि ७४र७५ मा भएको खर्च २३ लाख १४ हजार २ सय १ सय रहेको छ । हाल फाउण्डेशनमा १३ लाख ७२ हजार १ सय २० रुपैंया ७४ पैसा सुरक्षित रहेको छ भने धुर्मुस सुन्तली फाउण्डेशनलाई मात्रै भनेर स्वदेशबाट बिदेशबाट प्राप्त रकम १ करोड ९५ लाख ५६ हजार ६ सय ६१ रुपैंया २६ पैसा फाउण्डेशनको खातामा सुरक्षित छ ।
सो रकम पनि ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई खर्चेर निर्माण कार्यलाई अगाडि बढाउने निर्णय धुर्मुस सुन्तली फाउण्डेशनले गरेको छ ।































प्रतिक्रिया