यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम आज स्वदेश फिर्ता हुँदैछ ।
२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर आज फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने आज नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।





























प्रतिक्रिया