सन्दिप जोराले राखे डेब्यु खेलमै विश्व रेकर्ड ( भिडियो सहित )

सन्दिप जोराले राखे डेब्यु खेलमै विश्व रेकर्ड ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पछिल्लो समय नेपालीहरुलाई कुनै कुराले सबैभन्दा बढी खुसी दिलाएको छ भने त्यो हो क्रिकेट । अन्तराष्ट्रिय स्तरको खेलमैदान बिना नै नेपाल यहाँ सम्म पुग्नु भनेको सानो कुरा भने पक्कै होइन । ससाना क्रिकेट मैदानमा अभ्यास गरेर यहाँसम्म आईपुग्नु भनेको नेपालका लागि फलामको चिउरा चपाउनु जत्तिकै कठिन थियो । तर नेपालले अनेक समस्याहरको समाधान गर्दै अहिलेको स्थान सम्म सफलताका साथ आईपुगेको छ । यसमा हामी सबै नेपालीहरुले गर्भको अनुभूति गर्नु पर्छ । राम्रो क्रिकेट रंगशाला अर्थात सुविधा सम्पन्न क्रिकेट ग्राउण्डको अभाव झेलीरहेको नेपाली क्रिकेटले अहिले युएईसँग अन्तराष्ट्रिय शृंखला खेलीरहेको छ ।

एकपछि अर्काे सफलता हात पार्दै अगाडि बढिरहेको नेपाली क्रिकेट टीमले यतिबेला नेपालीहरुको मन जितिरहेको छ । नेपाली खेलाडिहरुले पनि लगातार एकपछि अर्को रेकर्ड बनाउँदै गइराखेका छन् । वन डे ओडिआईको तीन सिरिज र टी ट्वान्टीको तीन सिरिज खेल्न युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टीमले सफलताको शिखर चुमिरहेको छ । वन डे ओडि आईका तीन सिरिज मध्ये दुई सिरिज जितेर युएईसँगको ऐतिहासिक जित निकाली सकेको नेपालले अहिले फेरी युएईसँगै टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिरहेको छ । यस क्रममा नेपालका केहि खेलाडिहरुले पनि डेब्यु खेलमै वल्र्ड रेकर्ड राख्न सफल भएका छन् । वन डे ओडिआईको दोश्रो खेलमा नेपालका रोहित कुमार पांैडेलले अर्धशतकीय पारि खेल्दै भारतका क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानी क्रिकेटर शादि अफ्रिदीले सबैभन्दा सानो उमेरमा अर्धशतक बनाएको बिश्व रेकर्ड तोडिदिएका थिए । पौडेलले उक्त खेलमा ५७ बलको सामना गर्दै ५३ रन जोडेर अफ्रिदी र तेन्दुलकरको बिश्व किर्तिमानी भंग गरेका थिए ।

त्यस्तै युएईसँगकै अन्तराष्ट्रिय टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालका क्रिकेटर सन्दिप जोराले अर्को बिश्व किर्तिमानी राखेका छन् । उनी आफ्नो डेब्यु खेलमा नै अर्धशतक बनाएर अर्काे बिश्व किर्तिमानी राख्न सफल भएका हुन् । जोराले आफ्नो डेब्यु खेलमै अर्धशतकीय पारि खेले पनि नेपाललाई जित दिलाउन भने सकेनन् तर उनले टि ट्वान्टीमा सबैभन्दा सानो उमेरमा अर्धशतक बनाउने खेलाडिको सुचिमा आफ्नो नाम बिश्व रेकर्डमा दर्ता गराउन भने चुकेनन् । नेपालको कञ्चनपुरमा जन्मिएका सन्दिप जोरा दायाँ हाते ब्याट्स्म्यान हुन् । उनले आफ्नो डेब्यु खेलमै राम्रो सुरुवाती गरेर नेपालीहरुको मनमा बस्न सफल भएका छन् ।

दुबईस्थित आईसिसी एकेडेमी ओभलमा घरेलु टोली युएईसँग टस जितेर फिल्डंग रोजेको नेपालले निर्धारित २० ओभरमा १५४ रनको चुनौती पाएको थियो । तर नेपालले उक्त खेलमा निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो । नेपालको तर्फबाट अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका सन्दिपले एक छक्का र ३ चौका सहित ४६ बलको सामना गर्दै ५३ रन बनाएर अभिजित रहे । यो सँगसँगै सन्दिप जोरा टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडि पनि बने । उनले १७ वर्ष १०३ दिनको उमेरमा यो किर्तीमानी बनाएका हुन् । यो भन्दा पहिला उक्त कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए । टी २० सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारे पनि सन्दीपको खेल तारिफयोग्य रह्यो । विकेट गुमेर दबावमा रहेको नेपाली टिममा उनले सम्हालिएको ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाएका हुन् ।
सन्दीप अन्तर्रािष्ट्रय टी २० मा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि हुन् । डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । साथै डेब्यू खेलमा अर्धशतक बनाउने उनी २० औँ खेलाडी रहे । यस्तै युएईविरुद्ध नै टी २० डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे । उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी २० डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् । उनले ११ दिन अघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए । दोस्रोमा हङकङका वाकस खान रहेका छन् । वाकसले २०१४ को नोभेम्बरमा १५ वर्ष २ सय ५९ दिनको उमेरमा नेपालविरुद्ध डेब्यू गरेका थिए ।

यो सँगसँगै नेपालका तीन युवा खेलाडिहरुले युएईसँगको अन्तराष्ट्रिय खेलबाट नेपाली राष्ट्रिय टीममा डेब्यु गरेका छन् । मध्यक्रमका ब्याट्स्म्यान रोहित कुमार पौडेल, सन्दिप जोरा र अभिनाश बोहराले राष्ट्रिय टिममा डेभ्यु गरेका हुन् । युएईसँगको एकदिवसीय क्रिकेट सिरिज जितेको नेपाली टिम अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा समावेश भएको छ । नेपाल वरियताको १५ औँ स्थानमा छ । २०७४ साल चैतमा एकदिवसीय मान्यता पाएको नेपाल वरियतामा समावेश हुने खेल संख्या नपुगेका कारण रोकिएको थियो । एकदिवसीय वरियतामा नेपाली खेलाडी भने यसअघि नै समावेश हुँदै आएका थिए । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ । दोस्रोमा भारत र तेस्रोमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलंका आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १० औँ, जिम्बावे ११ औँ, आयरल्याण्ड १२ औँ र स्कटल्याण्ड १३ औँ स्थानमा छन् साथै युएई १४ औँ स्थानमा छन् ।

आईसीसीले गएको जुन १ देखि नै लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई उदाउँदा टिमको रुपमा वरियतामा राख्ने निर्णय गरेको थियो । यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले टेस्ट मान्यता प्राप्त शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको हो । तर आवश्यक ६ खेल नपुगेका कारण नेपाल र नेदरल्याण्ड्स वरियतामा समावेश भएका थिएनन् । नेदरल्याण्ड्सको भने खेल संख्या अझै पुगेको छैन । नेदरल्याण्ड्सले २०१७ मा सकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एशोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका थिए ।

७ खेल खेलेर १० खेलको मान्यता

नेपालले अहिलेसम्म ७ वटा मात्रै अन्तराष्ट्रिय खेल खेलेको छ । तर १० खेलको मान्यता पाइसकेको छ । नेपालले गत असारमा नेदरल्याण्ड्ससँग दुई खेल खेलेको थियो । एकदिवसीय सिरिज १–१ को बराबरी गरेको नेपालले अहिले युएईसँग तीन खेलको सिरिज २–१ ले जितेको छ । दुई सिरिजमा गरेर ५ खेल खेलेको नेपालले एसिया कप छनोटमा युएईसँग खेलेको खेल पनि एकदिवसीय मान्यता प्राप्त खेल नै हो । यस्तै आईसीसी क्रिकेट विश्वकप छनोटमा एकदिवसीय मान्यता पाएपछि सातौँ स्थानका लागि नेदरल्याण्ड्ससँग भएको प्ले अफ खेल पनि एकदिवसीय नै मानिएको थियो । यी सबै जोड्दा ७ खेल पुगे पनि आईसीसी वरियतामा नेपालको खेल संख्या १० उल्लेख गरिएको छ । विश्वकप छनोटमा नेपालले एकदिवसीय मान्यता पाएका देशसँग खेलेका खेलेलाई अंक गणनाको एउटा आधारका रुपमा समावेश गरिएको हो । विश्वकप छनोटमा नेपालले एकदिवसीय मान्यता प्राप्त जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसँग खेलेका खेललाई पनि समावेश गरिएका कारण १० खेल पुगेको हो ।

कसरी आउँछ वरियताका लागि अंक

टेस्ट मान्यता प्राप्त १२ देशको वरियता यथावत छ । आईसीसीको नियमअनुसार वरियतामा नयाँ थपिएका नेपालसहितका चार देशको वरियता क्रमले यी देशहरुलाई कुनै असर गर्ने छैन । वरियता तालिकामा खेल, प्राप्त अंक र रेटिङ अंक राखिएको हुन्छ । कुन देश अघि भन्ने मुख्य रेटिङका आधारमा छुटिन्छ । उदाहरणका लागि १० औँ स्थानमा रहेको अफगानिस्तानको अंक २ हजार ३ सय ९४ छ । ११ औँ स्थानमा रहेको जिम्बावेको अंक २ हजार ४ सय ९७ छ । अफगानिस्तान जिम्बावेभन्दा अघि हुनुको कारण उसको रेटिङ ६७ छ भने जिम्बावेको ५२ मात्र छ ।

पछिल्लो खेलको नतिजामा बढी अंक प्राप्त हुने गरेकाले खेल संख्या र अंकका आधारमा रेटिङमा भिन्नता हुने गरेको हो । रेटिङमा आफूभन्दा ४० अंकले अघि रहेको टिमलाई हराउन सकेमा अंक बढ्ने गर्दछ । हारेका खेलले अंक घट्नेछ भने जितेका खेलमा अंक बढ्नेछ । खेल बराबरी भएमा भने टिमको स्थानका आधारमा अंक बढ्ने या घट्ने हुन्छ । यसरी वरियताका लागि टिमको जम्मा अंकलाई खेल संख्याले भागा गरेर रेटिङ अंक दिइने गरिन्छ । यसैले १ सय ५२ अंक रहेको नेपालको खेल संख्या १० ले भागा गर्दा आउने १५ नै रेटिङ अंक बनेको हो । वरियताको १५ औँ स्थानमा रहेको नेपालको १० खेलमा १ सय ५२ अंक र १५ रेटिङ छ । १४ औँ स्थानमा रहेको युएईको १७ खेलमा २ सय ६३ अंक र १५ रेटिङ नै छ । १३ औँ स्थानमा रहेको स्कटल्याण्डको १६ खेलमा ५ सय ३५ अंक र ३३ रेटिङ छ । मान्यता प्राप्त देशले एक अर्र्कािवरुद्ध खेल्ने हरेक खेलबाट टिमले वरियताका लागि चाहिने अंक पाउने छन् । जसमा सन् २०१५ को मे १ देखि ३० अप्रिल २०१७ सम्मका खेलको अंक भार ५० प्रतिशत र सन् २०१७ को मे १ यताका खेलको अंक भार १०० प्रतिशत हुने आईसीसीले जनाएको छ । अबका बाँकी खेलमा नेपाल विजयी होस् हाम्रो तर्फबाट शुभकामना छ । हेरौं यो भिडियोमा :

Logo