यु–१९ एसिया कपमा आजको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

यु–१९ एसिया कपमा आजको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुने छ ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ । सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदै छ ।

Logo