काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सका मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा जनकपुर बोल्टसविरुद्ध न्यूजिल्यान्डका पूर्वओपनिङ ब्याटर गप्टिलले ३६ बलमै अर्धशतक प्रहार गरेका हुन् । एनपिएलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।
गप्टिल टी–२० फम्यार्टमा खतरनाक मानिन्छन्। सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन्। विराटनगरको ब्याटिङ धेरै हदसम्म गप्टिलमा निर्भर हुने यसबाटै पुष्टि हुन्छ ।































प्रतिक्रिया