जनकपुरका लाहिरू मिलान्थाले गरे अर्धशतक प्रहार

जनकपुरका लाहिरू मिलान्थाले गरे अर्धशतक प्रहार

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरू मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगर किङ्सले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकन क्रिकेटर मिलान्थाले अर्धशतक प्रहार हुन् । उनले बलमा ६ चौका र २ छक्काको मदतमा अर्धशतक पूरा गरे । उनी एनपिएलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् ।

यसअघि विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएका थिए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् ।

Skip This
Skip This
Logo