काठमाडौं । नेपाल र यूएईबीचको पहिलो टि-२० क्रिकेट सुरु भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी–२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।
राम्रो फर्ममा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । एक दिवसीय सिरीजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो ।
तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य पछ्याउँदैं नेपाल ४ विकेटले विजयी भएको थियो । गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।





























प्रतिक्रिया