नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११२ रनको झिनो विजयी लक्ष्यका साथ मैदानमा उत्रेको चितवनले काठमान्डु गुर्खाजविरुद्ध ५ औं विकेट गुमाएको छ ।
५ औं विकेटका रुपमा चितवनले रवि भोपाराको विकेट गुमाएको हो । हाल चितवन १० ओभरमा ५ विकेटको क्षतिमा ७५ रनका साथ ११२ रनको विजयी लक्ष्य पछ्याइ रहेको छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले काठमान्डु गुर्खाजलाई सस्तैमा समेट्ने क्रममा सोहेल तानभीर एक्लैले पाँच विकेट लिएका थिए। सोहेलले ४ ओभरमा ५ को इकोनोमीमा २१ रन मात्र दिएर ५ विकेट लिएका हुन् ।
यसैगरी चितवनका लागि रिजन ढकाल, लुक बेनकेन्स्टेन, अमर रौतेला र कुशल मल्लले एक–एक विकेट लिए ।































प्रतिक्रिया