चितवन राइनोजले पोखरालाई दियो १६२ रनको लक्ष्य

चितवन राइनोजले पोखरालाई दियो १६२ रनको लक्ष्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन जोडेको हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन जोडे । यस्तै, कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन प्रहार गर्दा ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे ।

बलिङतर्फ पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो ।

काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ ।

Skip This
Skip This
Logo