काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।
कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ् गरेको हो ।
कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दिएको हो ।
कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् ।





























प्रतिक्रिया