दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णाली प्रदेशमा हुने

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णाली प्रदेशमा हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

Logo