चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स संकटमा, चलेनन् शीर्ष ब्याटर

चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स संकटमा, चलेनन् शीर्ष ब्याटर

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स संकटमा परेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले कमजोर ब्याटिङ गरेको हो । हाल १५ ओभरको खेल सकिँदा सुदूरपश्चिमले १०५ रन बनाउँदा ८ विकेट गुमाइसकेको छ । शिर्ष ब्याटर नै आज चल्न नसक्दा लगातार जित दर्ता गरेको सुदूरपश्चिमको यात्रामा ब्रेक लाग्ने देखिन्छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।

Logo